किशोरीलाई करणीको प्रयास गरेको आरोपमा मल्ल प्रकाउ, अनुसन्धान जारी
पाेखरा | असार ११, २०७९
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन् ।
कास्की प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार मल्लले किशोरीलाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको र उनीमाथि अनुसन्धान भइरहेको छ ।
पीडित किशोरीका अनुसार मल्लले गत कात्तिकमा फिल्ममा खेलाउने भन्दै होटलमा लगेर बलात्कार प्रयास गरेका थिए । त्यस दिन राति पीडित किशोरी होटल कोठाको बाथरुममा लुकेर बच्न सफल भएकी थिइन् ।
त्यसपछि पनि मल्लले किशोरीलाई फेसबुक म्यासेञ्जरमा एसएमएस गर्ने, फोन गरेर ललाईफकाइ गर्दै आएका थिए ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई...

