बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडाैं | मंसिर २४, २०८०

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

 

शनिबार साँझ थाहा नगरपालिका-९ चित्लाङमा बा४ ख ८७७३ नम्बरको बसले बा.६५ प ४१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमाल गम्भीर घाइते भएका थिए।

 

उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मोटरसाइलकमा सवार अर्का एक जनालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको छ।


बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।  उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  ...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको पर्यटकीय स्थान माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा माछापुच्छ्रे गा...

थप पढ्नुहोस्

काठमाडौं:  शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्ग सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।  आइतबार ‘जानकारी तथा ध्यानाकर्षण गरा...

थप पढ्नुहोस्