पोखरामा बसको ठक्करबाट गौहत्या आरोपमा ठकुरी पक्राउ

कास्की | मंसिर २५, २०८०

पोखरामा बसको ठक्करबाट गौहत्या आरोपमा ठकुरी पक्राउ

पोखरा:   कास्की प्रहरीले गौहत्या गरेको आरोपमा बस चालकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धादिङको रोराङ नगरपालिका ३ का २८ वर्षीय रोशन ठकुरी रहेका छन् ।

 

कास्की प्रहरीका अनुसार आज बिहान पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित पोखरादेखि काठमाण्डौ जाँदै गरेको ना ५ ख २११३ नंम्बरको यात्रुबहाक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिएको थियो । त्यसपछि उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो ।

 

ठक्कर दिई फरार भएको भन्ने सूचनाको आधारमा तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौताराबाट ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए ।

 

उनका अनुसार पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा ९१०० दश दिनको म्याद थप गरी  अनुसन्धान अघि बढाइएको छ ।


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्