कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

पाेखरा | मंसिर २५, २०८०

कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो

पोखरा:   कास्की जिल्लाको उद्गम  तथा  धार्मिक पर्यटकीय स्थल  कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ । 


पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट  स्थित धामको गरामा रहेको महाङकालेश्वर  मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए । 


पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो ।  सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि  भक्तजनको भिड लागेको थियो । 


त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले  जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ । 


पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ । 
 

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्