नेपालले आज भारतसँग खेल्दै

काठमाडाैं | मंसिर २६, २०८०

नेपालले आज भारतसँग खेल्दै तस्बिर फाइल

काठमाडौं:    युएईमा भइरहेको एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।


नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ ।


समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ ।


नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।


सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ ।


अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ ।


यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ ।


यू–१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो ।


२०१८ मा भएको खेलमा भने नपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्