लोकदोहोरीमा पौडेल र लामिछानेको क्रियाशिलता, सार्वजनिक गरे “हुन्छ भने हुन्छ भन”

पाेखरा | मंसिर २६, २०८०

लोकदोहोरीमा पौडेल र लामिछानेको क्रियाशिलता, सार्वजनिक गरे “हुन्छ भने हुन्छ भन”

पोखरा:   लामो समय देखि लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक हुन् चोलेन्द्र पौडेल । उनका दुई दर्जन भन्दा बढी गीत सार्वजनिक भएका छन् । हाल पनि पौडेल गीतसंगीतमा नै निरन्तरता दिँदै आएका छन् । 


देश विदेशका सांगीतिक कार्यक्रममा समेत उनको प्रस्तुति रहन्छ । समय मिलाएर नयाँ सिर्जना पस्कने समेत गरेका छन् । पोखरामा रहेर पनि पौडेलको क्रियाशिलता लोकदोहोरीमा लोभलाग्दो छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको उपमहासचिव भएर काम गरिसकेका पौडेलको सालिनता र लगावले नै उनको परिचयलाई बढ्वा दिइएको छ । सामाजिक क्रियाकलापमा समेत उनको सक्रियता पाइन्छ । 


यस्तैमा गायक पौडेल र सरस्वती लामिछानेको “हुन्छ भने हुन्छ भन” गीत सार्वजनिक भएको छ । सरस्वती लामिछानेको अफिसियल युटुब मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा र गीता ढुंगानाको अभिनय छ । पौडेलकै शब्द संगीत रहेको गीतको म्युजिक भिडियोलाई कजीस श्रेष्ठले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत उनकै हो । सुनिल परियारको संगीत संयोजन रहेको गीतबाट गायक गायिका आशावादी छन् । 


पौडेलेको यसअघि थुप्रै सिर्जना आएका छन् । जसमा पानी मुनी मुनी, चढ्यो चढ्यो जवानी, जाम झोला बोकेर, अब त मै सानी रहिन लगायतका गीतले पौडेललाई चिनाएको छ । सरस्वती लामिछाने पनि पोखराबाट संगीत संघर्ष गरिरहेकी छिन् । भिर्ने झोलामा लगायतका उनका गीत रुचाइएको छ । निरन्तर लोकदोहोरीमा लागेर आफुलाई क्रियाशिल बनाउने गायिका मध्ये पर्छिन् उनी । क्रियाशिलता र मेहेनतले नै लामिछानेलाई सफलता दिलाएको हो भन्दा अत्युक्त नहोला । 


पौडेल र लामिछानेको युगल सांगीतिक जोडीलाई यसअघि पनि मन पराइएको छ । ‘हुन्छ भने हुन्छ भन” बाट समेत सफलता मिल्नेमा उनीहरु विश्वस्त छन् । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्