माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल पुष २६ देखि, उपाधि राशि ३ लाख
पाेखरा | मंसिर २८, २०८०
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आगामी पुष २६ देखि २८ गते सम्म सञ्चालन हुन भएको छ ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता पुष २६देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो ।
गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् भने , सेमिफाइलनबाट बाहिरिने दुईटिमलाई नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार र उत्कृष्ट प्रशिक्षकलाई ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।
गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

