माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल पुष २६ देखि, उपाधि राशि ३ लाख

पाेखरा | मंसिर २८, २०८०

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल पुष २६ देखि, उपाधि राशि ३ लाख

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आगामी पुष २६ देखि २८ गते सम्म सञ्चालन हुन भएको छ । 


माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता पुष २६देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो । 


गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् भने , सेमिफाइलनबाट बाहिरिने दुईटिमलाई नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार र उत्कृष्ट प्रशिक्षकलाई ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । 


प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ ।  

                                                                                   
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।


खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको  र  गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।


गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे । 
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्