१३औँ वार्षिकोत्सवका अवसरमा भाडाकुँडा वितरण तथा रक्तदान कार्यक्रम
काठमाडाैं | असार १२, २०७९
काठमाण्डौँ : देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पकाउन आवश्यक ‘भाँडाकुँडाका सेट’ प्रदान गरेको छ ।
चनपा–५ डाउराडिपोमा प्रधान कार्यालय रहेको सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष रामनारायण घिमिरे, सचिव राम तामाङ, प्रबन्धक प्रवीण सिलवाल र प्रहरी निरीक्षक शुभद्रा वाइबाले सो सामग्री वितरण गर्नुभयो । साथै संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार पाँचौँ रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । काठमाडौ उपत्यकाभित्र रगतको अभाव हुन नदिन आयोजित सो रक्तदानमा ६६ जनाले रक्तदान गरेका थिए ।
सो अवसरमा अध्यक्ष घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवाका काम गरिरहेको जानकारी दिनुभयो । संस्थाले कोभिड–१९ को महामारीका समयमा पनि मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थियो ।
विसं २०६६ असार ६ गतेदेखि निरन्तर सेवा गर्दै आइरहेको सो संस्थामा हाल कूल सदस्य तीन हजार ५०० र कूल सम्पत्ति रु एक अर्ब ३५ करोड नाघेको अध्यक्ष घिमिरेले बताउनुभयो । सहकारी ऐन, नियमसहित संस्थाको स्वीकृत विनियमअनुसार आव २०७८/७९ मा रु पाँच करोड शेयर पूँजी बनाउने लक्ष्य लिएको छ ।
नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, देशदर्शन कल, गोल्डन, बोनस बचतजस्ता निक्षेप योजना छन् । यसैगरी देवदर्शन पुलेसो, आवधिक, छाटो, व्यापारिक, हायर पर्चेज, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघुलगायत कर्जा योजना छन् । संस्थाले सदस्य हितकोषअन्तर्गत आफ्ना सदस्यलाई सुत्केरी भत्ता, काजकिरीया खर्च र प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई रु पाँच हजार वितरण गर्दै आएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

