गण्डकी प्रदेशको पहिलो जित, कर्णाली प्रदेश ४४ रनले पराजित
काठमाडाैं | पुस ६, २०८०
काठमाडौं: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।
आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहोराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चौधरीले २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्योत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए ।
यो जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णाली लगातार दोस्रो हारसहित तालिकाको पुछारमा छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

