पोखरा नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा

काठमाडाैं | पुस ६, २०८०

पोखरा नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा तस्बिर फाइल

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल)मा राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले पहिलो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको छ ।


यस खेल अघि नै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको पोखराले शुक्रबार खेलमा १/१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो ।


पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो ।


धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्ने छ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ ।


पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।


ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्