राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पाेखरा | पुस ११, २०८०

राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, १६ जना च्याम्पियन

पोखरा:    गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । 


पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए । एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए । 


प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई (५७ केजी फेदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट), एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट), हिट मुवाँथाईका मिलन तामाङले लेखनाथ डोजो मुवाँथाईका मोस्सेस कुमाललाई (६३ सुपर लाइटवेट), सर्लाही मुवाँथाईका धर्मिन्दर रामले रकस्टार मुवाँथाईका प्रविन राईलाई (५५ केजी सेपर वेन्टमवेट), स्ट्रोङगेस्टकी सुस्मा चौधरीले एरवान मुवाँथाई फाइकी रजिना विष्टलाई (५० केजी फ्लाइवेट) र जिमखाना मुवाँथाईका करण बर्जाचार्यले स्ट्रोङगेस्टका रोहित मगरलाई (६० केजी लाइटवेट) मा हराउँदै विजेता बने । 


सेमी–प्रो फाइटमा इस्ट्रोङगेस्टका रमित महर्जनले सोही मुवाँथाईका सुरेश नेपाली (किडफाइट), एपिएफका पेम्बा छिरिङले अल फाइट सिस्टम अर्गनाइजेसनका कर्णबहादुर मगराती (६० सुपर फेदरवेट), एपिएफकी रिना माझिले नेपाल मुवाँथाईकी ज्योती मल्ल (४५ केर्जी पिनवेट), स्ट्रोङगेस्टका सागर परियारले सिङ मुवाँथाईका गौतम थिङलाई (६३ सुपर लाइटवेट), पोखरा फाइट क्लबका रोनिस मगरले माउन्टेन मुवाँथाईका हविल तमाङलाई (५७ केजी फेदरवेट), अलफाइट सिस्टम अर्गनाइजेसनका रोशन अछामीले स्ट्रोङगेस्ट अनिस मगरलाई (५० केजी फ्लाइवेट), नेपाल मुवाँथाईका दिपेश गुरुङले टोटल फिजिकल फिट्नेसका सरोज तामाङलाई (५५ केजी सुपर वेन्टमवेट) हराउँदै विजेता बने ।


यस्तै एमेचर किड फाइटमा स्ट्रोङगेस्ट मुवाँथाईका रोहम नेपालले सोही क्लबका दृष्टान्त चालिसेलाई, एलाईट मुवाँथाईका विपिनजंग सुनारले व्यामशालाका तेन्जिङ जिन्पालाई (६० केजी सुपर फेदरवेट) हराउँदै विजेता बने । उनीहरु सबैेले नगद सहित मेडल र गिफ्ट प्राप्त गरे । 


प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पोखरा पर्यटकको मात्र नभई खेलकुदको समेत राजधानी भएको सुनाए । उनले पर्यटन प्रवद्र्धनका लागि मुवाँथाई खेल समेत फेवातालको किनारमा गर्दा निकै खुसी लागेको धारणा व्यक्त गरे । उनले खेलाडीहरूलाई प्रशिक्षा गराउँदा आवास गृहमै राख्ने व्यवस्थापन गर्न आवश्यकता रहेको औल्याए । राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै बन्द प्रशिक्षणमा रहँदा खेलाडीहरु होटलमा बस्नुपर्ने स्थितिले धेरै खर्चिलो भएकाले अब सरकारले खेलाडीका लागि आवास गृहको स्थापना गर्ने सुनाएका हुन् । उक्त विषयमा प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीलाई खेलाडीहरूको प्रशिक्षण गराउँदा अब होटलमा राखेर नभई आवास गृहमै राखेर प्रशिक्षण गराउँदा राम्रो नतिजा ल्याउन सक्ने विषयमा छलफल गरी आवश्यक कार्यलाई अघि बढाउने तयारी भइरहेको समेत जानकारी दिए । 


नेपाली खेलको विकास राज्यलेमात्रै गरेर नहुने भन्दै यसमा नीजि क्षेत्र जोडिन आवश्यक रहेको उनको भनाई थियो । खेलाडीहरूले प्राप्त गर्ने सुविधाहरूको विषयमा सरकार गम्भीर भएको मन्त्री लिम्बुले बताए । 


गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले आगामी वर्ष मुवाँथाईको झन ठूलो खेल आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । खेलकुद क्षेत्रलाई अझ भव्य र सभ्य बनाउँदै खेलकुद क्षेत्रमा धेरै सुधार गर्दै लैजाने उनले सुनाइन् । प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यावसायिक फाइटरहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्