ग्रीन डेभलपमेन्ट पोखरा महोत्सवको बैंक पार्टनर

पाेखरा | पुस ११, २०८०

ग्रीन डेभलपमेन्ट पोखरा महोत्सवको बैंक पार्टनर

पोखरा:  बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ ।

 

रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो ।

 

आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्ने गरी युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँ र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा आफ्नो संस्थाले समेत पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।

 

त्यस्तै युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना गरिने भएकाले ग्रीन डेभलपमेन्ट बैंकले समेत आफुहरुको सामाजिक अभियानमा सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।

 

पोखरा महोत्सवका प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

 

त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।

 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्