दमौली अस्पताललाई छ लाख सहयोग
तनहुँ | पुस १२, २०८०

व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो ।
सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । यही पुस २५ गते हुन गइरहेको ४० औँ व्यास नगर सभा समक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो ।
आव २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ । पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गरेको छ ।
व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको...
पोखरा: जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। कास्की प्रशासनले अ...
काठमाडौं: नेपाल प्रहरीले रसुवामा मङ्गलबार आएको बाढीपछि बेपत्ता भएका १९ जनाको खोजीकार्य आज बिहानैदेखि जारी रहेको जनाएको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी कि...