चाडपर्वले राष्ट्रिय एकता कायम गर्न सघाउने
पाेखरा | पुस १५, २०८०
पोखरा: गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उहाँले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताउनुभएको छ ।
गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै आएको उल्लेख गर्दै सन्देशमा उहाँले गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायत जिल्लामा यो पर्व उमङ्गका साथ मनाइने गरिन्छ ।
प्रदेश प्रमुख गुुरुङले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

