मर्दी बेस क्याम्प हिँडेका विदेशी पर्यटक सम्पर्कविहीन

पाेखरा | पुस १५, २०८०

मर्दी बेस क्याम्प हिँडेका विदेशी पर्यटक सम्पर्कविहीन तस्बिर फाइल

पोखरा:   कास्कीको पोखरा–मर्दी ट्रेकमा गएका एक स्वीडेनी नागरिक सम्पर्कविहीन भएका छ । मर्दी हाई क्याम्पबाट शनिबार बिहान ४ बजे बेस क्याम्प जान्छु भनी हिँडेका मिचेल नाम गरेका स्वीडेनी नागरिक सम्पर्कविहिन भएका हुन् । 


माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङका अनुसार उनी शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाईट र बोतलमा पानी लिएर बेस क्याम्पका लागि निस्किएका थिए । तर, आइतबार बिहानसम्म पनि नफर्किएपछी खोजी कार्य सुरु गरिएको वडाध्यक्ष  गुरुङले बताए । 


उनलाई खोजी गर्न गाउँपालिकाबाट मान्छे खटाएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ लागेको छ । 


स्वीडेनी नागरिक सम्पर्कविहिन भएको प्रहरी र सम्बन्धित दूतावासलाई गराइएको वडाध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेको आधारमा व्यक्तिको पहिचान गरिएको उनले बताए ।


 

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्