युवराज गुरुङलाई छेलो प्रतियोगिताको उपाधि
पाेखरा | पुस १७, २०८०
पोखरा: तमु जातिको महान पर्व, नयाँबर्ष मप्ह«ी ल्हो तमु ल्होछारको अवसरमा तमु धिं नेपालले आयोजना गरेका तीनदिने कार्यक्रम विविध कार्यक्रम गरी भव्यताको साथ सम्पन्न भएको छ ।
हि ल्होको विदाई र मुप्ह«ी ल्हो तमु ल्होछार कार्यक्रम अन्र्तगत आयोजित परम्परागत छेलो खेल प्रतियोगितामा पैयुखोला तमु समाजका युवराज गुरुङले उपाधि जिेतेका छन् । यस्तै गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका राजेश गुरुङ उपविजेता घोषित भएका छन् । उनीहरुले क्रमशः २५ हजार र १० हजार नगद पुरस्कार पाए ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री, गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङ श्यामले तमुहरुको मौलिक सँस्कृति एवम पहिचान बोकेको छेलो खेल संरक्षणका लागि राज्य, तमु समुदाय र छेलो खेलाडीहरुको भुमिका आवश्यक रहेको बताए । छेलो खेलको संरक्षणका लागि आफ्नो बुबाको स्मृतिमा पहिलो पुरस्कार प्रायोजन गरेको गुरुङले छेलो संरक्षणको लागि आफ्नो तर्फबाट सहयोग रहिरहने भन्दै छेलो खेल विद्यार्थीहरुसम्म पु¥याउने बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

