‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ
झापा | पुस १७, २०८०
झापा: झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबीच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियण्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोशाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो ।
दुई युवाहरुबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठूलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

