एपिएफ क्लबले जित्यो प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडाैं | पुस १८, २०८०

एपिएफ क्लबले जित्यो प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं:     सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो। 


एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ४ विकेटको क्षतिमा १०३ रन जोड्न सक्यो। 


कोशीका लागि कप्तान रुबिना क्षेत्रीले ६२ रन जोडिन्। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको स्थितिमा रुबिना पहिलो बलमै आउट भएकी थिइन्। उनले ५८ बलमा ७ चौका र १ छक्का प्रहार गरिन्। 


यस्तै काजल श्रेष्ठले २२ रन जोड्दा कोशीका अरु ब्याटर चल्न सकेनन्। 


बलिङमा एपिएफका करुणा भण्डारी र कप्तान सीता रानामगरले एक एक विकेट लिए। 


एपिएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो। समूह चरणका ६ खेल जितेको एपिएफले क्वालिफायर र फाइनलमा पनि उत्कृष्ट खेल देखाउन सफल भयो।


यता प्रतियोगितामा राम्रो लयमा देखिएको कोशीले एपिएफविरुद्ध भने जित निकाल्न सकेन। कोशीले एपिएफविरुद्ध समूह चरण, क्वालिफायर र फाइनल गरी तीन खेलमा हार बेहोर्‍यो। यीबाहेक कोशीले अरु सबै खेलमा जित निकाल्यो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्