ठगी मुद्धामा फरार रहेका लेकसाइडका मिलन प्रकाउ
पाेखरा | पुस १९, २०८०
पोखरा: फेवातालस्थित फुटट्र्याकमा फोटोग्राफी काम गर्नेसँग रकम उठाई ठगी गरेको प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीका आधारमा पहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई मंगलबार पक्राउ गरि बुधबार अदालत पेस गरिएकोमा बयान नसकिएपछि हिरासतमै राखिएको प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
यसअघि यसै प्रकरणमा पक्राउ परेका वडा सदस्यसहित चार जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

