३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत | पुस २६, २०८०

३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी तेस्रो

सुर्खेत:   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । 


यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको थियो ।


कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार तेस्रो स्थानका लागि चलेको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले आर्मीलाई २५–२२, २४–२६, २६–२४ र २५–२२ ले पराजित गरेको हो ।  चलेको पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्न सफल भयो । 


आज नै उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेको थियो ।


२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

पोखरा २९ भण्डारढिकमा जारी  ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन्  ।    क्लबका अध्यक्ष विष्णुु पुन...

थप पढ्नुहोस्

पोखरा।       गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्