३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन
सुर्खेत | पुस २६, २०८०
तस्वीर: फाइल
सुर्खेत: नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साविक विजेता नेपाल एपिएफ क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको बनेको हो ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।
सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए ।
रविन चन्द नायक बन्दा पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । १५–१५ को बराबरीको अवस्थाबाट पुलिसले खेललाई १८–१५ को स्थितिमा ल्याए । त्यसपछि एपिएफले थप ३ अंक बटुल्दा पुलिसले ७ अंक बटुल्दै जित निकाल्न सफल भयो ।
चौथो सेटमा पनि पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएपनि एपिएफले पूनरागमन गर्दै ११–१० को अग्रता लिन सफल भएको थियो । तर, पुलिसले एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो भएको थियो ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

