कास्कीको माछापुच्छ्रेमा अध्यक्ष कप जारी, विजेतालाई ३ लाख

पाेखरा | पुस २८, २०८०

कास्कीको माछापुच्छ्रेमा अध्यक्ष कप जारी, विजेतालाई ३ लाख

पोखरा:  ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिकामा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना अध्यक्ष कप भलिबल प्रतियोगिता जारी छ ।

 

आज (शनिबार) तेस्रो दिन पहिलो सेमिफाइनल खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिकाबीच हुनेछ ।

 

यस्तै दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गाउँपालिकासँग कालीगण्डकी गाउँपालिका र गलकोट नगरपालिकाबीचको विजेता टिमबीच हुने खेल सहसंयोजक जापान गुरुङले जानकारी दिए । 

 

उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख प्राप्त गर्ने छ ।

 

यस्तै दोस्रो हुने टिमले नगद रु २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ भने  सेमिफाइनलिस्ट  २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्