पोखरा महोत्सवमा दर्शक बढ्दै, महोत्सवको टिकटमा बम्पर उपहार
महोत्सवमा आइतबार समिक्षा अधिकारी र रकहेड्सको प्रस्तुती रहने
पाेखरा | पुस २८, २०८०

पोखरा: पोखराको अमरसिंह मैदानमा जारी पोखरा महोत्सवमा दर्शकको साथ बढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो ।
दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत दर्शकहरुको भीड लागेको थियो । महोत्सवमा घोडसवार, याक हेर्ने र महोत्सवको टिकटमा राखिएको नेपाल टेलिकमको निशुल्क सिम लिनेहरुको भिड लागेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा महोत्सवको प्रवेश टिकटबाट बम्पर उपहार राखिएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।
उनका अनुसार महोत्सवको अन्तिम दिन पुरस्कारको घोषणा गरिने छ । दर्शकले महोत्सव प्रवेशमा काटेको टिकटको अर्धकट्टी सुरक्षित राख्नु पर्नेछ । दर्शकहरुले पहिलो पुरस्कार एभरेष्ट स्टील दराज, दोस्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट, एक थान टेबल र चार थान कुर्ची र तेश्रो पुरस्कार प्लाष्टिक डाइनिङ सेट पाउने छन ।
महोत्सवमा शनिवार लोकदोहोरी कलाकार प्रिती आलेको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।
वालवालिका, युवाहरुले प्रिती आलेको प्रस्तुतीमा भरपुर मनोरन्जन लिएका थिए । प्रिती आले संगै प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
त्यसैगरी सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा आइतबार समिक्षा अधिकारी, राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुती रहने छभने सांझको लाइभब्याण्डमा रकहेड्सको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...