रोटरी डिस्ट्रीक ३२९२ र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबीच प्रायोजकको सम्झौता

पाेखरा | पुस २९, २०८०

रोटरी डिस्ट्रीक ३२९२ र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबीच प्रायोजकको सम्झौता

पाखरा:   नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । 


आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । 


मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे ।

 

उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए । 


निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटरी सँगको समन्वय महत्वपूर्ण रहेको बताए । गुरुङले रोटरीको क्षेत्र फराकिलो भएकाले यसले म्याराथनलाई आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए । 


रोटरी डिस्ट्रीक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपुर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । 

 
उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिदा थप उचाई बढेको बताए । रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए । 


साथै रोटरीले आगामी फागुनमा पोखरामो सम्मेलन गर्न लागेको र देशभरका रोटरीयन पोखरा आउने भएकाले ठूलो समुह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिदैँ जाने उनको भनाई छ ।

 

उनले देशभर रहेका रोटरी क्लबहरुमा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए । 


मञ्चका द्धितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताए । उनले म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।
 

पोखराः  पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्ग...

थप पढ्नुहोस्

गण्डकी:   सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।  डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...

थप पढ्नुहोस्

रसुवा:  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्‍याएक...

थप पढ्नुहोस्