हरिराम पौडेलको नेतृत्वमा पौडेल वंश महासंघको केन्द्रीय समिति
काठमाडाैं | माघ १, २०८०
काठमाडौं: पौडेल वंश महासंघको यही पुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा शालिग्राम पौडेल(चितवन), महिला उपाध्यक्षमा जमुना पौडेल(सर्लाही), र उपाध्यक्षमा विजय पौडेल(मोरङ) हुनुहुन्छ । प्रदेश उपाध्यक्षहरूमा कमलप्रसाद पौडेल(कोशी), गोविन्दप्रसाद पौडेल(मधेश), दिपकप्रसाद पौडेल(बागमती), शारदा पौडेल(गण्डकी), शालिकराम पौडेल(लुम्बिनी), नरहरि पौडेल(कर्णाली), दुुर्गाप्रसाद पौडेल(सुदुरपश्चिम) रहनुुभएको छ । त्यस्तै महासचिवमा उद्धवप्रसाद पौडेल(सुनसरी), सचिवमा रामप्रसाद पौडेल(काठमाडौं), कोषाध्यक्षमा युवराज पौडेल(बाँके), सहसचिवमा चन्द्रमणि पौडेल(म्याग्दी) र सहकोषाध्यक्षमा बेनुप्रसाद पौडेल(सुनसरी) रहनुभएको छ ।
त्यस्तै लेखा समितिको संयोजकमा अमृतप्रसाद पौडेल(बाग्लुुङ) र सदस्यद्वयमा रिषीराम पौडेल(चितवन) र नेत्रप्रसाद पौडेल(झापा) रहनुुभएको छ । सदस्यहरूमा सुदुरपश्चिमबाट सुुशिला पौडेल, बमलाल पौडेल, शिवप्रसाद पौडेल र सूर्यप्रसाद पौडेल, कर्णालीबाट हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र दुुर्गाप्रसाद पौडेल, लुम्बिनीबाट लिलाकुुमारी पौडेल, रामचन्द्र पौडेल, प्रेमप्रसाद पौडेल र काशीप्रसाद पौडेल, गण्डकीबाट देवीलाल पौडेल पाध्या, रुद्रप्रसाद पौडेल, प्रा.डा.दुुर्गादत्त पौडेल, प्राडा.कृष्णप्रसाद पौडेल, छत्रधर आत्रेय पौडेल, चन्द्रमणि उपाध्याय पौडेल, रामचन्द्र पौडेल र भरतराज शर्मा पौडेल हुनुहुुन्छ ।
त्यस्तै मधेश प्रदेशबाट नारायणदत्त पौडेल, रामबहादुर पौडेल, जनकप्रसाद पौडेल र सन्तोष पौडेल हुनुहुन्छ । कोशी प्रदेशबाट रामकुुमारी पौडेल, ज्ञानप्रसाद पौडेल, युवराज पौडेल, वेदनिधि पौडेल, श्यामकुमार पौडेल, राधाकृष्ण पौडेल, नारायणप्रसाद पौडेल र गणेशप्रसाद पौडेल हुनुहुन्छ ।
बागमती प्रदेशबाट नारायण पौडेल, कुलकुमारी पौडेल, बनमाली पौडेल, कृष्णगोपाल पौडेल, नवराज पौडेल, सुमन पौडेल, वासुदेव पौडेल र अग्नी पौडेल हुनुहुन्छ ।
निर्वाचनका लागि पुुरुषोत्तम पौडेलको संयोजकत्वमा अनन्त पौडेल, मनोज पौडेल, रुद्रमणि पौडेल र बाबुराम अधिकारी रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष हरिराम पौडेलले बन्धुहरूबीच आपसी भाइचारा अभिबृद्धि गर्दै राष्ट्रिय हितका साथै सबैको कल्याण, उन्नति र प्रगतिमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो । अधिवेशनले पौडेलहरू मूल मन्त्र “पौडेल थर, हाम्रो साझा घर” पारित गरेको छ ।
संस्थापक अध्यक्ष लोकनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार प्रा.माधव अधिकारी प्रमुख अतिथिका रुपमा रहनुुभएको थियो । कार्यक्रममा स्वदेशी र विदेशी गरी ७५० जना प्रतिनिधि र पर्यबेक्षक सहभागी थिए । महाधिवशेनले चितवनमा केन्द्रीय कार्यालय र काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय सहित बंशावली निर्माण एवम् कुलपूजा विधि सम्बन्धी पुस्तक प्रकाशन गर्ने निर्णय गरेको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

