डायमण्डको जितले आर्मी सेमिफाइनलमा, समूह चरणबाट बाहिरिए गण्डकी र हरियाणा

पाेखरा | माघ ३, २०८०

डायमण्डको जितले आर्मी सेमिफाइनलमा, समूह चरणबाट बाहिरिए गण्डकी र हरियाणा

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 


न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ । 


यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ । 


यस्तै  पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ ।  यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । 


यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।


 

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्