डायमण्डको जितले आर्मी सेमिफाइनलमा, समूह चरणबाट बाहिरिए गण्डकी र हरियाणा

पाेखरा | माघ ३, २०८०

डायमण्डको जितले आर्मी सेमिफाइनलमा, समूह चरणबाट बाहिरिए गण्डकी र हरियाणा

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 


न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ । 


यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ । 


यस्तै  पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ ।  यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । 


यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।


 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्