गण्डकी प्रदेश सेमिफाइनल प्रवेश

पाेखरा | माघ ४, २०८०

गण्डकी प्रदेश सेमिफाइनल प्रवेश

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँगको खेलमा गण्डकीले एक अङ्क जोडेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । 


लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेपनि आर्मी समूहचरणबाट बाहिरिएको छ । समूह ‘ए’बाट समूह विजेता भएर हेल्प नेपाल र गण्डकी प्रदेश समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गर्दा आर्मी समूह चरणबाट बाहिरिएको हो । आर्मीले गण्डकीलाई लिगचरणको अन्तिम खेलमा २५–२०, २०–२५, १७–२५, २५–२१ र १५–६ ले जितेपनि समूह चरणबाट बाहिरिएका छ । 

 

शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र समूह ‘बी’को उपविजेता श्रीलंकाको आर्मी र दोस्रो सेमिफाइनल गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


यस्तै महिलातर्फको भने एक खेल मात्र हुनेछ । तेस्रो स्थानका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लब भने फाइनल प्रवेश गरेको छ । फाइनल खेल माघ ६ गते सञ्चालन हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्