टाइगर कप: पुरुषतर्फ तेस्रो स्थानका लागि एपिएफ र श्रीलंङ्कन आर्मी खेल्दै
पाेखरा | माघ ६, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए ।
उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ ।
यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ ।
यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

