आहा! रारा पोखरा गोल्डकप: थ्री स्टारको विजयी सुरुवात
पाेखरा | माघ ९, २०८०
पोखरा: पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ ।
थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।
थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् ।
प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

