आहा! रारा पोखरा गोल्डकप: थ्री स्टारको विजयी सुरुवात
पाेखरा | माघ ९, २०८०
पोखरा: पोखरामा आजदेखि सुरु भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ ।
थ्री स्टार क्लबले आयोजक सहारा क्लबलाई २–१ गोल अन्तरले हराउँदै आहा! रारा पोखरा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।
थ्री स्टारको जीतमा योगेश गुरुङ र एञ्जल महर्जनले समान १÷१ गोल गरे भने सहाराका लागि आशिष गुरुङले सान्त्वना १ गोल फर्काए ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले थप १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाएका छन् ।
प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

