कास्कीमा सवारी दुर्घटना: तीन महिनामा १२ जनाको मृत्यु, २६ घाइते
पाेखरा | माघ १०, २०८०
पोखरा: पोखरामा गएको पुुष ९ गते मध्यरातमा पस्र्याङ चोकमा कारको ठक्करबाट २ जनाको मृत्यु भयो ।
पोखरा नदीपुर बस्दै आएका बागलुङका ढालेन्द्र छन्त्यालसहित अर्का एक जनाको कारको ठक्करबाट मृत्यु भएको थियो ।
यस्तै गएको मंसिर २४ गते तालचोकबाट पोखरा आउँदै गरेको स्कुटरलाई पोखराबाट तालचोक तर्फ जाँदै गरेको कारले ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको थियो ।
जसमा जिरोकिलोमिटर बस्ने २४ वर्षीय भावना बराल र हेम्जाकी अनिशा खड्काको मृत्यु भएको थियो । माथिका सडक दुर्घटना कास्कीमा पछिल्लो तीन महिनामा भएको प्रतिनिधि घटना मात्र हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्याङ्क अनुसार कात्तिकदेखि पुष मसान्तसम्म कास्कीमा २४ वटा सवारी दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ ट्रापिक प्रहरी नायव निरीक्षक राजीव विष्टले चालकको लापरवाही र सडकको अवस्थाका कारण सडक सवारी दुर्घटना हुने गरेको बताए ।
‘सवारी दुर्घटना विभिन्न कारणले हुने गरेको अनुसन्धानबाट खुल्छ, सडकको अवस्था, चालकको लापरवाही र यान्त्रिकरणमा आउने समस्यामा दुर्घटना भएको देखिन्छ’, वरिष्ठ नायव निरीक्षक विष्टले सुनगाभा न्यूजसँग भने, ‘सवारी दुर्घटना कम गर्न हामीले विद्यालय, समाजदेखि चालक, यात्रुहरुलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।’
जिल्ला ट्राफिक कार्यालय कास्कीका अनुसार पछिल्लो तीन महिनामा १८ हजार ४९ वटा सवारी कारवाहीबाट ९८ लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
सवारी दुर्घटना घटाउन जिल्ला ट्राफिक कार्यालय कास्कीले विभिन्न ट्राफिक जनचेतना मूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

