मछिन्द्रलाई हराउँदै जाउलाखेल आहा! राराको क्वाटरफाइनलमा प्रवेश
पाेखरा | माघ ११, २०८०
पोखरा: पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपमा जाउलाखेल युथ क्लब अन्तिम आठमा प्रवेश गरेको छ ।
पोखरा रङगशालामा आज (बिहीबार) भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जाउलाखेल क्वाटरफाइनलमा पुगेको हो ।
जाउलाखेलको जीतमा हिसुब थपलियाले पहिलो हाफको ३८ औं मिनेटमा गोल गरे । सोही गाेल नै निर्णायक बन्दै थपलिया म्यान अफ द म्याच घोषित भए ।
अब जाउलाखेलले आगामी १५ गते मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

