आहा! रारामा क्वार्टरफाइनल राउण्ड: आज थ्रीस्टार र पाहुना टोली पारो एपसी भिड्दै

पाेखरा | माघ १३, २०८०

आहा! रारामा क्वार्टरफाइनल राउण्ड: आज थ्रीस्टार र पाहुना टोली  पारो एपसी भिड्दै

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपका आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा थ्रीस्टार क्लब र आमन्त्रित भुटानी क्लब पारो एपसीबीच हुँदैछ ।


प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले हराउँदै थ्रीस्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सीधै क्वार्टरफाइनल पुगेको हो । भुटानी लिग विजेता क्लब पारोको यो पहिलो सहभागिता हो ।


पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।


आजको खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ । र, माघ १७ गते जावलाखेल र मनाङमर्स्याङ्दीमध्ये एकजनासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्