नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पाेखरा | माघ १४, २०८०

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पोखरा:    नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ ।  गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । 


यस अगाडि मञ्चन भएका नाटक भन्दा केही फरक स्वाद भएको कारण नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकलाई रुचिकर बन्यो । दर्शक मात्र नभएर नाटकमा अभिनय गरेका कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव सगाल्न पाएकोमा उत्साहित थिए ।


सबैजनाको मेहनतका कारण नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार व्यक्त गरेका छन् । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनी सहित १३ जना कलाकारले अभिनय गरेका थिए ।


 यसरी अभिनय गर्ने रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।


अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यस नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । यस नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको कारण समेत दर्शकले नौलो अनुभव समेत लिन पाए  । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको संस्थापक सदस्य गुरुङले बताए ।


‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको थियो । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउदै निष्कर्षमा पुगन् कलाकारले गरेको अभिनयात्मक बहस तारिफयोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई एकटकले स्टेजतर्फ ध्यान तान्न सफल भएको थियो ।


सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । यो नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गरेको थियो ।


लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कन गरेको प्रयास सफल भएको निर्देशक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका थिए । नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन् ।
 

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्