दयाहाङ र दीयाको फिल्म ‘दयारानी’ को ट्रेलर (भिडिओ)

काठमाडाैं | माघ १५, २०८०

दयाहाङ र दीयाको फिल्म ‘दयारानी’ को ट्रेलर (भिडिओ)

काठमाडौं:    माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ।


सोमबार हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ। 


बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। 


मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ। फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्।


यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ।

 

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्