पुनहिल कप भलिबल: पोखरा र गगनगौडा भेट्रान फाइनल प्रवेश

पाेखरा | माघ १७, २०८०

पुनहिल कप भलिबल: पोखरा र गगनगौडा भेट्रान फाइनल प्रवेश

पोखरा:    पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत भेट्रानतर्फ सेमीफाइनल, महिलातर्फ दुई क्वाटरफाइनल र पुरुषतर्फ एक खेल सम्पन्न भएका हुन् । 


पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा बुधबार भएको भेट्रानतर्फको फाइनलमा पोखरा भेट्रान र गगनगौडा भेट्रान प्रवेश गरेको छ । पहिलो सेमीफाइनल खेलमा पोखरा भेट्रानले आयोजक पुन समाजको भेट्रान टिमलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । पोखरा भेट्रानले २५–१८, २५–७ र २५–१८ को सहज जित निकाल्दै फाइनल पुगेको हो । 


दोस्रो सेमीफाइनल खेलमा गगनगौडाले रामबजार भेट्रानमाथि पनि ३–० कै सोझो सेटमा जित हासिल गरेको हो । गगनगौडाले २५–२३, २५–२२ र २५–२३ को जित निकाल्दै पोखरा भेट्रानसँगको भेट पक्का गरेको हो । 


यस्तै महिलातर्फ दुई क्वाटरफाइनल खेल सम्पन्न भएका छन् । पहिलो खेलमा नवलपुरले मध्य नेपालमाथि २–० को सोझो सेटमा हराएको हो । नवलपुरले २५–१७ र २५–१७ को जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा कर्पाकेली समाजले पुन क्लबलाई २–१ को सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । कर्पाकेलीले २५–१३, २३–२५ र २५–१० को सेटमा हराउँएको हो । 


यस्तै पुरुषतर्फ पनि एक खेल सम्पन्न भएका छन् । छन्त्याल समाज ‘ए’ ले भुक देउरालीलाई २–१ को सेटमा हराएको हो । छन्त्याल ‘ए’ले २५–२२, २५–२७ र २५–१८ को जित निकालेको हो । 


जारी प्रतियोगितामा क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ । 


समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेकोे छ ।

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत ...

थप पढ्नुहोस्