हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

हुम्ला | असार १४, २०७९

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प


हुम्लाः      डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताउनुभयो । 

  

 सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन् । हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड–४ का मनबहादुर रोकायले बताउनुभयो । 

 

आज बिहानदेखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाई सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ । सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ । अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । नियमित उडान नहुँदा यहाँका अधिकांश सर्वसाधारण हेलिकोप्टर प्रयोग पनि हुँदै आएको छ । औषधोपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ ।

    

उता डोल्पामा सडक सञ्जाल पुगे पनि स्थल मार्ग र हवाई मार्गमा बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाई मार्गतिर जोड दिने गरेका छन् । जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाज मात्र उडान भर्दै आएका छन् । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्