पुलिस र आर्मी प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि खेल्दै
काठमाडाैं | माघ २०, २०८०
काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज दुई विभागीय टोली खेल्दैछन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेल बिहान सवा ९ बजेदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ ।
पुलिस प्रतियोगितामा अपराजित टोली पनि हो । पुलिस लिग चरणका ९ खेलमा १८ अङ्कसहित शीर्ष स्थानमा रहेर र आर्मी ९ खेलमा ७ जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा रहेर उपाधि नजिकै पुगेको हो ।
पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र बलर तथा उदीयमान खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

