जबर्जस्ती करणी अभियोगमा एक पुरुष प्रक्राउ
काठमाडाैं | असार १४, २०७९
पाल्पा : पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

