पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडने
पाेखरा | माघ २२, २०८०
पोखरा: आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो ।
सोमबार पोखरामा आयोजित रोटरीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजकसमेत हो ।
सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताएका छन् । उनले प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहिन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोटरीयनहरुले सफल पोखरा म्याराथनको ‘रनफर फन’मा समेत भाग लिएर उत्साह थप्ने जनाउँदै पोखरामा हुने रोटरीयनहरुको सम्मेलनलाई समेत म्याराथनकै अवसर छोपेर सँगैको मितिमा गरेको उनले बताए ।
उनले भने–“दौडनु स्वास्थ्यका लागि समेत उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दैछ । यो स्वास्थ्यलाई सवल बनाउनृ अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।”
फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयनहरु समेत म्याराथनमा सहभागि हुने जनाउँदै उनले रोटरी क्लबहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वान समेत गरे ।
रोटीरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले आफु आबद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । अर्का एसिस्टेन्ट गर्भनर इश्वर कर्माचार्यले रोटरी क्लबका लागि आवश्यक पर्ने टिसर्टको लागि सहयोग गर्ने सुनाए । उनले म्याराथनसँग जोडिदै टिसर्टको खर्च रोटरीले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारीक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताए । रोटरी मार्फत जाँदा समेत अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान हुने उनले सुनाए ।
निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि सुरुमा जोडिएको बताए । म्याराथनको बारेमा प्रस्तुति दिदैँ गुरुङले म्याराथनमा ठूलो मात्रामा रोटरीयनहरुको सहभागिता हुनेमा आशावादी रहेको उनको भनाई छ ।
मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुन: अर्को योगदान गरेकोमा खुसी व्यक्त गरे ।
उनले सबैले राष्ट्रको विकासका लागि काम गरिरहँदा खेलकुदमा समेत जोडिनु सुखद् पक्ष रहेको सुनाए । पोखरा म्याराथन गुणस्तरमा अघि बढिरहँदा आउने चुनौतीहरुमा रोटरीको साथले राहत मिलेको बताए ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

