पोखरेली पत्रकारलाई डिजिटल साक्षरता तालिम
पाेखरा | माघ २२, २०८०

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ ।
आइतबारदेखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देललेप्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे ।
उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुसूचित हुने भएकाले पोखरा महानगरपालिकाले सहकार्य गरेको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ अभिभावकीय संस्था भएको र डिजिटल साक्षरता तालिमको आवश्कयता ठानेर नै कार्यक्रमको आयोजना गरिएको बताइन् ।
उनले कास्कीका पत्रकारहरुमा साक्षरता बढाउन महासंघले तालिम गर्दै आएको जानकारी दिइन् ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिमको प्रशंसा गरे ।
प्रशिक्षक सिग्देलले दुई दिनको तालिम पत्रकारका लागि लाभदायक रहेको विश्वास व्यक्त गरे । ‘पत्रकारले एउटा कुरा मात्र जानेर हुदैन हरेक विषयका बारेमा जानकार हुनुपर्छ’,उनले भने ।
पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत प्रशिक्षण दिएका थिए ।
काठमाडौं: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसहित पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाण्डौमा उपलब्ध पाँच प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीको सरका...
पोखरा: भारतको पटनाबाट त्यहाँका पर्यटन व्यवसायीहरूले इन्डो नेपाल मनसुन कार ¥याली २०२५ एण्ड इन्डो. नेपाल कल्चरल एण्ड टुरिजम एक्सचेन्ज कार्यक्रमका साथ पोखरा र आसपासका क्षेत्रको भ्रमण गरेका छन् । &nb...
पोखरा: पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...