एनआरएनए र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच ३ वर्षे सम्झौता
पाेखरा | माघ २४, २०८०
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ (एनआरएनए आइसीसी) बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए सँग तीन वर्षका लागि प्रायोजन सम्झौता भएको हो ।
पोखरामा मंगलबार आयोजित एक कार्यक्रमका बिच दुई पक्षले सम्झौता गरेका छन् । सम्झौता सँगै आगामी फागुन ५ गते हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनदेखि आगामी तीन वर्षका लागि सहयोग गर्ने सम्झौता भएको छ । सो रकम वापत एनआरएनले म्याराथनका लागि आवश्यक सेन्सर वोर्ड खरिद समेत गरेर मञ्चलाई हस्तान्तरण गरिसकेको छ । म्याराथन रुटमा हुने तीन सेन्सर बोर्ड मध्ये एनआरएनएले एक थान उपलब्ध गराउने भएको हो ।
एनआरएनएको तर्फबाट एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चको तर्फबाट अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौता–पत्र आदान प्रदान गरेका थिए । सम्झौता अनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।
सम्झौता पश्चात बोल्दै एनआरएनए आईसिसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले।रि।चन्द्र गुरुङले सुरुवाती तीन वर्षका लागि जोडिएपनि यसले त्यसपछि समेत निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । उनले आफुहरु पोखरा म्याराथनसँग यस अघि पनि जोडिएको तर बिचमा विविध कारणले छुटेको र पुनः जोडिन पाउँदा खुसी लागेको बताउँदै सफल पोखरा म्याराथनको भविष्य निकै उज्यालो रहेको कारण भविष्यमा यसले विश्वकै उत्कृष्ट म्याराथनको रुपमा परिचित हुनेमा आफुहरु आशावादी रहेको बताए । एनआरएनले पोखरा म्याराथनमा विजेता हुने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनएको टिम समेत प्रतिस्पर्धीको रुपमा पोखरा म्याराथनमा सहभागिता हुने जनाए ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एनआरएनए सँग १४ वर्षपछि पुनः भेट भएको बताउँदै आगामी तीन वर्षका लागि प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्वपूर्ण भूमिका रहने बताए । पोखरा म्याराथनको व्यवस्थापनको पाटो निकै कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक रुपमा समेत सहयोग गर्दा थप टेवा पुगेको उनको भनाई थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

