१३ तस्बिरमा धनिरामको गोरु, जोतेको हेर्न गन्धर्व नाटकघर नै पुग्नुहोस्

पाेखरा | माघ २६, २०८०

१३ तस्बिरमा धनिरामको गोरु, जोतेको हेर्न गन्धर्व नाटकघर नै पुग्नुहोस्

पोखरा:  पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ ।

 

पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा  निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ । 

 

नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ । यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय हेर्ना पाइन्छ । 

 


 

गैह्रापाटनको गन्धर्व थ्रिएटरमा गत बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन हुनेछ ।

 

नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई समेटिएको छ । यसलाई रोमाञ्चक बनाउन हास्यब्यङ्ग्यले दरिलो साथ दिएको छ । जसका कारण करिब १ घण्टा १५ मिनेट लामो यो नाटक सकिएको पत्तो हुदैन ।
 

थप तस्बिर:-

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:  होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...

थप पढ्नुहोस्

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्