सुनको तिलहरी र टपसहितको झोला चोरेर नारायणथानमा लुकेका थिए श्रेष्ठ
पाेखरा | माघ २६, २०८०
पोखरा: कास्की प्रहरीले विवाह समारोहबाट चोरी भएको झोलासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरी टोलीले चोरी भएको केही समयमै पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।
नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी भएको थियो ।
त्यसपछि प्रहरीलाई जानकारी गरेपछि ति श्रेष्ठलाई नारायणथानबाट केही समयमै पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद भएको छ ।
श्रेष्ठविरुद्ध चोरी सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

