नेपालको एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात

काठमाडाैं | माघ २७, २०८०

नेपालको एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात

काठमाडौं:      नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो । 


जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाईन् । 


उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाएकी हुन् । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाईन् । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिए । 
 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन, मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाईन् । 


बलिङमा नेपालका पूजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् । कविता जोशी र सिता रानामगरले एक एक विकेट लिए । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्