प्याडल नेपाललाई राष्ट्रिय ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि

पाेखरा | फागुन १, २०८०

प्याडल नेपाललाई राष्ट्रिय ¥याफ्टिङ  च्याम्पियनसिपको उपाधि

पोखरा:     प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय  ¥याफ्टिङ  च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ ।


चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, स्लालममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए ।


यसै गरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ ।  


प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।


त्यसै गरी ¥याफ्टिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ ।  डाउन रिभर र स्लालम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।


कालीगण्डकीलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्‍याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्