कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडाैं | फागुन २, २०८०
काठमाडौं: कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको थियो ।
ब्याटिङ गर्ने क्रममा वर्षाले खेल प्रभावित बनेको थियो । नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक २२ रन बनाइन् । उनले २१ बलमा एक चौकाको साहयताले अविजित २२ रन बनाएकी हुन् । त्यस्तै सीता रानामगरले १७ रन जोडिन् भने कविता जोशीले अविजित ४ रन बनाइन् । बलिङतर्फ कुवेतकी मारयाम ओमरले एक विकेट लिइन् ।
यसअघि कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । कुवेतका लागि प्रियदा मुरलीले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा २९ रन बनाएकी हुन् । त्यस्तै खादिजा खालिल र सान्थी बलासुब्रमानीले समान १३(१३ रन जोडे ।
कुवेतलाई ७३ रनमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई(दुई विकेट लिए ।
नेपाल समूह ‘डी’ को विजेता तथा कुवेत समूह ‘ए’ को उपविजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

