विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी

पाेखरा | फागुन ३, २०८०

विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (बिहीबार) ८ खेल सम्पन्न भएका छन् ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा लामागाउँ टिम ‘बि’ र नयाँगल्लीबीच आज भएको पहिलो खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा लामागाउँ ‘बि’ले ३–२ गोलको अन्तरले पराजित गर्याे ।

 

यस्तै दोसो खेलमा लामागाउँ टिम ‘ए’ ले हाम्रो एफसीलाई ३–१ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।  तेस्रो खेलमा मण्डलाले प्रदेश सभा टिमलाई ५–० फराकिलो गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे । 

 

यस्तै चौथो खेलमा रत्नसमाज क्लबले मिलनटोललाई १–० गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा स्थान बनायो । 

 

पाँचौ खेलमा एलसी ब्रदर्शले आकुरा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । 

 

पिपलडाली युवा क्लब र रिभान युनाइटेडबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–१ गोल अन्तरले पिपलडाली विजयी बन्यो ।
 

 

बाँनिया ब्रदर्श र पाखुरीकोटबीच भएको सातौ खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–२ गोल अन्तरले बानियाँ ब्रदर्श विजयी बन्यो ।

 

यसैगरी आज भएको अन्तिम खेलमा बिटी क्लबलाई पोखरा म्युजिक हाउसले ३–० गोल अन्तरले पराजित गर्दै पोखरा म्युजिक हाउस अघिल्लो चरणमा प्रवेश गर्याे ।

 

शुक्रबारपनि पहिलो चरण अन्तरगतकै ८ खेल हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । 

 

उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
 

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्

चितवन:  चितवनमा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमु...

थप पढ्नुहोस्