बिटी कपमा क्वाटरफाइनल समिकरण पूरा, डिफेण्डिङ च्याम्पियन बाहिरियो
पाेखरा | फागुन ७, २०८०

पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (सोमबार) भएको प्रिक्वाटरफाइनल खेलबाट लामागाउँ गुम्बा एफसी, एलबी आरवाइसी काठमाडौं, दिव्यज्योती क्लब, एलसी ब्रदर्श, एट टु नाइन, तारा एफसी टिम ‘ए’ रामघाट एफसी र एनटु क्याफे टुंडिखेल विजयी बन्दै अन्तिम आठमा प्रवेश गर्याे ।
आज भएको पहिलो खेलमा लामागाउँ गुम्बा एफसीले नदीपुरलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
यस्तै एलबी आरवाइसी काठमाडौं र केआइइसी बुनबीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं क्वाटरमा प्रवेश गर्याे ।
दिव्यज्योती र तारा एफसी ‘बि’ बीच भएको तेस्रो खेल गोलरहित बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ३–२ गोल अन्तरल हराउँदै दिव्यज्योती अन्तिम आठमा प्रवेश गर्याे ।
एलसी ब्रदर्श र मेनीमोरबी भएको चौथो खेलपनि निर्धारित समयमा खेल गोलरहित भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले एलसी ब्रदर्श विजयी बन्यो । पाँचौ खेलमा एट टु नाइनले डिफेण्डिङ च्याम्पियन गन्नी एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे ।
छैटौं खेलमा तारा एफसी ‘ए’ ले म्याक्सवेल एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा रामघाटले भिमकाली क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
यस्तै प्रिक्वाटरफाइनलको अन्तिम खेलमा एनटु क्याफे टुंडिखेलले नमस्ते ब्रदर्शलाई १–० गोल अन्तरले पराजित गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार क्वाटरफाइनलका खेल सञ्चालन गरिनेछ भने बुधबार सेमिफाइनल खेल र बिहीबार फाइनल खेल सम्पन्न हुनेछ ।
कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
पोखरा: यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पू...
काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...
काठमाडौं: सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...