पोखरामा गोर्खा वारियरको रेडकार्पेट प्रिमियर शो

पाेखरा | फागुन ८, २०८०

पोखरामा गोर्खा वारियरको रेडकार्पेट प्रिमियर शो

पोखरा:  पोखरामा चलचित्र ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर शो गरिएको छ । 

 

सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको व्याण्डबाजाकासाथ प्रिमियर शो गरेको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । 

 

उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । 

 

७० वर्ष अगाडिको कथा सिनेमाको पर्दामार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो । 

 

गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट बनेको प्रतिक्रिया दिए । उनले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताए । 

 

किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनवारले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा गोर्खा वारियरले उक्त पहिचानलाई ब्रकरार राख्ने उनले बताए । गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने उनले उल्लेख गरे । 

 

प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रिटिस आर्मी रुकमान गुरुङले सिनेमा भित्र आफुलाई पाएको अभिव्यक्ति दिए । गार्खालीको बहादुरीसँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको प्रतिक्रिया उनको छ । 

 

प्रिमियरमा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई, तमु धी नेपालका अध्यक्ष होमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पवित्रा थापा मगर, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, भूपू ब्रीटिस आर्मी मेजर लक्ष्मी प्रसाद गुरुङ, किराँत सेवा समाज पोखरा कास्कीका अध्यक्ष दिपेन्द्र राई, आदीवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस मगर, नेपाल आदीवासी चलचित्र महासंघ गण्डकी प्रदेशका अध्यक्ष माओत्सेतुङ गुरुङ लगायतको उपस्थिति थियो । सबैले सिनेमा हेरिसकेपछि राम्रो तारिफ गरे । 

 

फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् । 
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्